citizens life insurance long ad

अब अमेरिकामा विदेशी विद्यार्थीका लागि कठिन हुनेछ रोजगारी

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीका लागि अध्ययनपछि रोजगारी गर्न गाह्रो हुने सम्भावना देखएको छ।किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रत्येक नयाँ विद्यार्थीका लागि ७० हजार डलर शुल्क लगाउने प्रस्ताव गरेको छ।

यो शुल्क वैकल्पिक व्यावहारिक प्रशिक्षण (ओपीटी) का लागि हो। यस कार्यक्रमअन्तर्गत विदेशी विद्यार्थीलाई आफ्नो अध्ययन पूरा गरेपछि अमेरिकामा काम गर्न अनुमति दिइन्छ। शुल्क विद्यार्थीले होइन, उनीहरूका कलेज वा विश्वविद्यालयले तिर्नुपर्नेछ।

अमेरिकामा साढे २४ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्। यो निर्णयले भारत र चीनका विद्यार्थी सबैभन्दा बढी प्रभावित हुनेछन्। २०२४-२५ को तथ्यांकअनुसार अमेरिकामा भारतीय ३ करोड ६३ लाख र चिनियाँ २ करोड ६६ लाख विद्यार्थी अध्ययनरत छन्।

ओपीटी अर्थात् वैकल्पिक व्यावहारिक तालिमले विदेशी विद्यार्थीलाई आफ्नो अध्ययनसँग सम्बन्धित कार्य अनुभव प्राप्त गर्न अनुमति दिन्छ। सामान्यतया आफ्नो अध्ययन पूरा गरेपछि उनीहरूलाई एक वर्षका लागि काम गर्ने अनुमति प्राप्त हुन्छ।

प्रस्तावअनुसार विद्यार्थीका कलेज वा विश्वविद्यालयले पहिलोपटक ओपीटीका लागि आवेदन दिँदा ७० हजार डलर तिर्नुपर्नेछ। यदि विद्यार्थीले ओपीटी जारी राखेमा प्रत्येक नवीकरणमा ३० हजार डलर शुल्क तिर्नुपर्नेछ।

यो शुल्क सिधै विद्यार्थीलाई लगाइने छैन। यद्यपि यति उच्च शुल्कले कलेज र विश्वविद्यालयका लागि विदेशी विद्यार्थीलाई ओपीटी दिँदा खर्च वृद्धि हुन्छ।

IME Lifesidebar
kumari