citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफ इन्स्योरेन्सको व्यापार रणनीति सम्मेलन २०८० भव्यताका साथ सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यापार रणनीति सम्मेलन काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ । कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ ।

उक्त कार्यक्रममा सिटिजन लाइफका सिइओ पोषक राज पौडेल, डेपुटी सिइओ दशरथ मणी खड्का, चिफ विजनेस रिमाल, चिफ विजनेस अफिसर, डिर्पाटमेन्ट हेट, टिम हेड सहित कम्पनीका ११४ जना कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरिएको थियो । साथै उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाइ विभिन्न विधामा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा आगामी रणनीतिहरुको बारेमा छलफल गर्नुको साथै, आउने दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी कसरी बनाउदै लैजाने भन्ने विषयमा गहन छलफल भएको थियो ।

साथै कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरुबीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विभिन्न बिषयहरुमा समेत छलफल गरिएको थियो ।

IME Life
kumari