citizens life insurance long ad
stcnepal long ad

रुसविरुद्धको प्रतिआक्रमण सुरु भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको पुष्टि गर्नुभएको छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको “प्रतिआक्रामक र रक्षात्मक कार्यहरु’ भइरहेको जेलेन्स्कीको भनाई छ ।

तर, प्रतिआक्रमण कुन चरण वा राज्यमा केन्द्रित छ भन्नेबारे उहाँले विस्तृतमा खुलाउनुभएन । युक्रेनको दक्षिण र पूर्वमा द्वन्द्व बढ्दै गएपछि यक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान गरिएको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नैं युक्रेनले प्रतिआक्रमण सुरु गरेको बताउनुभएको थियो ।

युक्रेनी सेनाले पूर्वमा बाख्मत नजिक र दक्षिणमा जापोरिज्जिया नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरेको छ । तर युद्धको अग्रिम मोर्चामा के भइरहेको छ भनेर स्वतन्त्र पुष्टी हुन भने सकेको छैन् ।

IME Life
kumari