stcnepal long ad
himalayan Everest Insurance long ad

आफ्नो सिमाभित्र छिरेका सशस्त्र समूहलाई परास्त गरेको रुसको घोषणा

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको सशस्त्र समुहलाई परास्त गरेको घोषणा गरेको छ ।युक्रेनबाट प्रवेश गरेको भनिएका सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा परास्त गरेको भन्दै रुसले दाबी गरेको हो ।

रुसले बेलगोरोद क्षेत्रका गाउँहरू खाली गराएर सशस्त्र समूहविरुद्ध प्रतिआतंकवादी कारबाही गरेको थियो । त्यस क्रममा कम्तिमा ७० जना सशस्त्र बिद्रोही मारिएको रुसले जनाएको छ ।

युक्रेनले ती सशस्त्र बिद्रोहीहरु युक्रेनबाट प्रवेश नगरेको दाबी गरेको छ भने, अमेरिकाले पनि रुसी सीमाभित्र प्रवेश गरेका सशस्त्र समूहसँग अमेरिकाको सम्बन्ध नरहेको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आक्रमणमा अमेरिकी हतियार प्रयोग गरिएको भन्ने विषयमा जाँचबुझ भईरहेको बताउनुभयो ।

१० जेठ २०८०, बुधवार ०८:२५ बजे प्रकाशित

NTA long ad