citizens life insurance long ad
stcnepal long ad

अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ । आर्टिक आँधीका कारण हिउँदा महिना सुरू भएसँगै भारी हिमपात र चिसो हावा चलेका कारण आधा जनसंख्या चिसोको चपेटामा परेको हो ।

देशभर बिहिबार र शुक्रबार मात्रै ५ हजार ३ सय उडान रद्द गरिएका छन् भने अधिकांश विमानस्थलहरू बन्द हुने अवस्थामा रहेका छन् ।

क्रिसमस र नयाँ वर्षको लामो बिदा सुरू हुने भएकाले यति बेला अमेरिकामा दैनिक लाखौं मानिसहरू यात्रामा निस्कने गर्दछन्।

करिब १० करोड अमेरिकाका नागरिकहरू चिसोको चपेटामा परेको आँकलन भइ रहँदा १२ वटा राज्यले चिसोबाट बच्न चेतावनी जारी गरेका छन् ।

त्यहाँको राष्ट्रिय मौसम सेवाले हड्डी कठ्याङ्ग्रिने चिसो हुने चेतावनी दिदै यहि साता तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्न सक्ने जनाएको छ ।

आर्टिक आँधी अमेरिका र मेक्सिकोको सिमा क्षेत्रसम्मै पुग्ने र ति क्षेत्रमा पनि तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने चेतावनी दिइएको छ ।

जसका कारण अमेरिकाका दक्षिणी राज्यहरु टेक्सस, फ्लोरिडामा पनि चिसो आँधी चल्ने छ । सोही राज्यहरूमा पनि ३० वर्ष यताको चिसो क्रिसमस हुने जनाइएको छ ।

चिसोका कारण अमेरिकाका केही राज्यहरू र क्यानडामा उर्जा आपूर्ति अवरूद्ध हुन सक्ने चेतावनी समेत दिइएको छ ।

IME Life
kumari