stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजदेखि एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने

सार्वजनिक स्थानमा फोहोर नफाल्न महानगरको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहोरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहोर संकलनको काम रोकेको हो ।

उपत्यकाका १८ वटै स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने भएको छ । सडक मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरका गाडी ल्याण्डफिल साइट पुग्ने गरेका थिए ।

उपत्यकामा हरेक दिन १ हजार २ सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।निजी कम्पनीहरू र महानगरपालिका गरी दैनिक करिब २ सय गाडीले फोहोर लैजाने गरेका थिए ।

IME Lifesidebar
kumari