stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एआइआइबीले बंगलादेशलाई २५ करोड डलर ऋण दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ढाका । एसियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी० ले बंगलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बंगलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ ।

ब्ंगलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बंगलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ ।

बंगलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ बनाउन बजेटरी सहयोगका रुपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो । रासस(सिन्ह्वा

prabhu mahalaxmi
kumari