stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यक: प्रधानमन्त्री

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एजेन्सी । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघेले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरूमा लाइनमा देखिन्छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघेले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७५ मिलियन डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने बताए ।

 

राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिए ।महामारी, बढ्दो मूल्य बृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

 

himalayan life insurance
igi long