stcnepal long ad
global ime bank long

हङ्‍कङले सबै स्थायी बासिन्दालाई १२ सय डलर दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

१५ फागुन एजेन्सी । हङ्‍कङको सरकारले आर्थिक समस्यासँग जुझ्न त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर नगद बाँड्ने जनाएको छ। १८ वर्ष उमेर कटेका प्रत्येक स्थायी बासिन्दाले सरकारबाट नगद प्राप्त गर्ने छन्।

प्रहरी तथा सरकारविरोधी प्रदर्शनकारीबीच महिनौँसम्म हिंसात्मक झडप भएपश्चात् हङ्‍कङको अर्थतन्त्र निकै प्रभावित भएको अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ ।अहिले फेरि कोरोना भाइरस सङ्क्रमणका कारण पनि त्यहाँको अर्थतन्त्रमा प्रभाव परेको छ।

त्यहाँ कोरोनाभाइरस सङ्क्रमणका ८१ घटना पुष्टि भइसकेका छन् अनि दुईजनाको मृत्यु भएको छ। हाल हङ्‍कङको बजेट घाटा सन् २०२१ सम्म झन्डै १८ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ। जुन त्यहाँको कीर्तिमान नै हो। उक्त पृष्ठभूमिमा वयस्क स्थायी बासिन्दालाई नगद दिएर उपभोक्ता खर्च बढाउने र मानिसहरूको आर्थिक बोझ कम बनाउन सघाउ पुग्ने त्यहाँको सरकारले ठानेको छ।

IME Lifesidebar
kumari