stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वामदेवलाई होइन युवराजलाई नै निरन्तरता दिने ओलीको हठ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६
काठमाडौं । बुधबार नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । केही दिनदेखि वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने हल्लालाई नेकपाको सचिवालय बैठकले बुधबार सही सावित गरिदियो । तर, वामदेवलाई राष्ट्रिय सभा सदस्यमा ल्याउने पार्टीको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र रहेका अर्थमन्त्री डां युवराज खतिवडाको बहिर्गमनको हल्ला पनि आयो । सबै सञ्चार माध्यममा अब उनी ५ दिन मात्र राष्ट्रिय सभा सदस्य रहने खबरहरुले निकै चर्चा पायो ।
तर, फेरि प्रधानमन्त्री समेत रहेको पार्टीका एक अध्यक्ष ओलीले आफ्नो विश्वास पात्र खतिवडालाई कुनै पनि हालतमा राष्ट्रिय सभा सदस्यबाट नहटाउने बरु बामदेवलाई सदस्य नबनाउन आफू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । ओलीको यस भनाईसँगै सत्तारुढ दलसँग सम्बन्धित राजनीतिमा फेरि अर्को तरंग पैदा भएको छ । प्रधानमन्त्री सहभागी बुधबार बिहानको सचिवालय बैठकको निर्णयलाई उनैले उल्टाउने कोशिस गरेका छन् ।

बैठकपछि ओलीले आफू निकट सचिवालयका केही नेतालाई फोन गरेर वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ’खेल’ भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन् । अब हुन्छ के त्यो थाहा पाउन भने केही समय कुर्नुपर्ने भएको छ ।

prabhu mahalaxmi
kumari