बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि
चाँदीमा भने गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।
यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।


























