citizens life insurance long ad
stcnepal long ad

अस्ट्रियाको भियनामा ‘आतङ्कवादी’ हमला १ को मृत्यु, १५ जना घाइते

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अस्ट्रियाको राजधानी भियनामा आतङ्कवादी हमला भएको छ । त्यहाँको प्रहरीका अनुसार उक्त हमालामा एकजना मारिएको पुष्टि भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ । प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको एउटा भिडियोमा देखिन्छ । सामाजिक सञ्जालबाट बाहिरिएको भिडिओ फुटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ ।

अस्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जले यसलाई ‘आतंकवादी आक्रमण’ भनेका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सो क्रममा एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिबिसी लेख्छ( एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन् ।

हमलापछि त्यहाँको प्रहरीले आतंकवादीविरोधी कारबाही सुरु गर्दै घटना भएका क्षेत्रमा नहिँड्न र सार्वजनिक यातायात प्रयोग सर्वसाधारणलाइ अपिल गरेको छ । यस्तै, सहरमा ठाउँठाउँमा सडक अवरुद्ध गरिएको छ ।

छिमेकी देश चेक रिपब्लिकले पनि सीमामा छड्के चेकजाँच सुरु गरेको जनाइएको छ । उक्त हमलाको युरोपेली नेताहरूले कडा शब्दमा खेद प्रकट गर्दै आफूहरू स्तब्ध भएको बताएका छन् ।

IME Life
kumari