stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युरोपमा फेरि फैलियो कोरोना, फ्रान्सका दर्जनौ सहरमा कर्फ्यू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । कोरोना भाइरसको महामारीले संसार नै त्रास्त अवस्थामा रहेको छ । कोरोनाका कारण युरोप नै कोरोनाले आक्रान्त बनेको छ। विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर सुरुभएपछि फ्रान्सका दर्जनौ सहरमा कर्फ्यू लाग्ने भएको छ ।

त्यहाँका प्रधानमन्त्री जीन क्यास्टेकले रात्रिकालिन समयमा थप दर्जनौ सहरमा कर्फ्यू लगाउने निर्णय गरेका हुन् । बीबीसीले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार पाँच सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण थप फैलिन नदिन रात्रिकालिन कर्फ्यू लगाउने निर्णय भएको प्रधानमन्त्रीको भनाइ छ ।

शुक्रबार रातिदेखि लागू हुनेगरी राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लाग्ने बताइएको छ । यो कर्फ्यूले ४ करोड ६० लाख मानिस प्रभावित हुने समाचारमा उल्लेख गरिएको छ ।

पछिल्लो समय विश्व महामारी कोरोना संक्रमणले फ्रान्स, इटाली र बेलायतमा मृत्यु हुनेको संख्या बढीरहेको छ । फ्रान्स, इटली, स्पेन र बेलायत कोरोनाले धेरै प्रभावित भइरहको समाचारमा उल्लेख गरिएको छ।

prabhu mahalaxmi
kumari