कात्तिक २८ गतेसानिमा बैंकले १६औं वार्षिक साधारण सभा डाक्यो
काठमाडौं । कात्तिक २८ गते सानिमा बैंकले साधारण सभा बोलाएको छ । बैंकको १६औं वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त साधारणसभाले बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको १०% बोनस र कर सहित ३.६०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, मर्ज तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।
साधारण सभा प्रयोजनाको लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार कात्तिक १६ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् ।
कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

























