stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना विरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो चरणको परीक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बेइजिङ । चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिना लगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।

चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तेस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।रासस / एएनआई

IME Lifesidebar
kumari