stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

काश्मिरको वाकुरामा रंगशाला निर्माण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

जम्मु-काश्मिर।  खेलप्रेमी युवाहरुलाई सही दिशामा डोर्याउनका लागि भारतकाे उत्तर पश्चिमी राज्य जम्मु काश्मीरको गान्दरेबल जिल्लाको वाकुरमा अत्याधुनिक सुविधा सहितको रंगशाला निर्माण गरिएको छ ।

ब्लक विकास काउन्सिलका प्रमुख गुलाम मोद मलिकले यस क्षेत्रमा खेल गतिविधिको प्रबर्द्धनका लागि वाकुरा रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।

जम्मु कश्मिर प्रान्तमा भारतकाे केन्द्रीय सरकारले शासन गर्न थालेपछि विकास र निर्माणकाे लहर आएकाे छ । याे रंगशाला निर्माणले गान्दरेबल जिल्लामा रहेका अवसर नपाएका तर खेल प्रतिभा भएकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने सुनाैलाे अवसर प्राप्त गर्नेछन् इण्डिया व्लमस्ले प्रकाशन गरेको छ।

रंगशाला प्रमुखले भनेका छन – यस ब्लकको प्रमुख भएको म आठ महिना भएको छ,मलाई के महसुस भएको छ भने यस क्षेत्रका युवाहरु खेल क्षेत्रमा निकै उत्कृष्ट छन् ।

उनीहरुलाई राम्रो खेलमैदानको आवश्यकता छ । त्यो खेलमैदान १३ लाख २४ हजारमा निर्माण भइरहेको छ । रंगशाला निमार्णमा सकारात्मक विकास भइरहेको छ । जम्मु काश्मीर केन्द्र शासित राज्य भएपछि अहिलेसम्म उपयुक्त तवरमा खेल क्षेत्रको विकासका लागि रकम निकासा भइरहेको बताइएकाे छ ।

गत वर्ष ५ अगस्तमा जम्मु काश्मीरका लागि व्यवस्था भएको संविधानको धारा ३७० खारेज गरेपछि जम्मु काश्मीरमा व्यापक विकासका कामहरु भइरहेका छन् ।

उक्त खेल मैदान निर्माणको विषयलाई लिएर स्थानीय खेलाडीहरु पनि निकै हर्षित भएका छन् । एक स्थानीय खेलाडीले भने- सरकारले धेरै राम्रो काम गरिरहेको छ । रंगशाला निमार्णको काम तीव्ररुपमा अघि बढिरहेको छ ।

अधिकारीहरुले सुविधा बढाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । यो निकै चाँडै सम्पन्न हुनेछ । अर्का एक खेलाडीले भने- यो निकै ठूलो प्रयास हो । हामीसँगै निकै ठूलो खेलमैदान निर्माण पछि प्राप्त गर्ने छाैं । सरकारले यहाँ सुविधा विस्तार गरिरहेको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long