बैंकमा फेरि आलोपालो प्रणालीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनः आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्ने भएका छन्। अब बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टा मात्रै बैंक खोल्न पाउनेछन् ।

प्रदेश, स्थानीय सरकार र स्थानीय प्रशासनसँगको समन्वयमा शाखा खोल्नेबारे निर्णय लिन बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि बन्दाबन्दीको समयमा शाखा आंशिक सञ्चालन गरेका बैंकले पछिल्लो समय पुनः सरकारले भीडभाड नियन्त्रण गर्न थालेपछि राष्ट्र बैंकले आवश्यकताअनुसार समूह विभाजन गरेर आलोपालो प्रणाली लागू गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बन्दाबन्दी, निषेधाज्ञा, सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली जस्ता विशेष परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड कायम राख्ने गरी सेवा दिन निर्देशन दिएको छ।

यसका लागि राष्ट्र बैंकले बिजिनेस कम्युनिटी प्लान तयार पारेर विभिन्न समूह (सिफ्ट) मा कर्मचारी विभाजन गर्न र आलोपालो चलाउन भनिएको छ। यस्तै, सम्भव हुनेसम्मका कर्मचारीलाई घरबाटै काम गर्न सक्ने (ओर्क फ्रम होम) व्यवस्था मिलाउन पनि भनिएको छ।

प्रदेशका शाखा कार्यालय भने पहिल जस्तै सकेसम्म कम कर्मचारी मार्फत सञ्चालन गर्ने, वैकल्पिक रुपमा शाखा सञ्चालन गर्न सक्ने अवस्थामा आंशिक समयका लागि वैकल्पिक शाखा सञ्चालन गर्ने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

IME Lifesidebar
kumari