जापानमा ७.६ म्याग्नेच्युटको भूकम्प

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

जापानमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो। शक्तिशाली भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको थियो।

जापानी मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।

जापानको सरकारी समाचार च्यानल एनएचकेका अनुसार आओमोरीको हाचिनोहे सहरको एक होटलमा धेरै व्यक्ति घाइते भएका छन् र यस क्षेत्रमा रहेका आणविक ऊर्जा प्लान्टमा सुरक्षा निगरानी भइरहेको छ।

IME Lifesidebar
kumari