काश्मीरको विकास र निर्माणमा आमूल सुधार र परिवर्तन
श्रीनगर । भारतले संविधानबाट काश्मीर प्रदेशमा आर्टिकल ३७० हटाएको सात वर्ष पुग्न लागेको छ । यो सात वर्षको बीचमा त्यहाँको विकास,निर्माण,सुशासन,रोजगारी सिर्जना र शान्ति(सुरक्षामा अपूर्व छलाङ् लगाएको पाइएको छ ।
जम्मु काश्मीर प्रदेशको भाग्य निर्माणमा भारतीय संविधानमा धारा ३७० एउटा अवरोधको रुपमा रहेको थियो, अहिले जम्बु काश्मीरका जनताको जीवनमा उल्लेखनीय विकास भएको छ ।
त्यहाँ सबै क्षेत्रमा जनताले अनुभूति गर्नेगरि, स्पष्ट देखिनेगरि सडक, पुल, रेल,विमानस्थल, विद्यालय भवन, स्वास्थ्य भवन, सरकारी भवन बनेका छन। शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई,व्यवस्थित शहरी विकास,कृषि,फलफुल उत्पादन जस्ता पुर्वाधार विकास भएको छ , नयाँ नयाँ रोजगारी सिर्जना भएको छ। जसलाई पाकिस्तान नियन्त्रित काश्मीरका जनताले लोभलाग्दो आँखाले हेरेका छन् ।
आफ्नो क्षेत्रमा पाकिस्तानी सेनाको ज्यादतीले त्रस्त छन् भने विरोधको आवाज उठाउने क्षमता पनि राख्दैनन् । जब कि यता जम्बु काश्मीरका जनताले पूर्ण राजनीतिक स्वतन्त्रताको लाभ पाएका छन। विकासका पूर्वाधारहरु क्रमशः बढ्दै गएका छन् । अर्कोतर्फ काश्मिरको समग्र विकासले फड्को मारेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको विकासमा कुनै पनि कसर बाँकी नराखि बजेट दिएका छन। पाकिस्तान नियन्त्रित भारतीय जम्बु काश्मिर प्रान्तको भूमिमा भने असुरक्षा,आतंककारी गतिविधि, लुटपाट, भय, त्रासका साथै विकासमा शून्यता छ। त्यसैले अहिले पाकिस्तान नियन्त्रित काश्मीरका जनता अति पीडामा रहन पुगेका छन् ।
पहलगाममा पाकिस्तान संरक्षित काश्मिरी आतंककारीहरूले बम र गोली प्रहरी गरि आततायी व्यवहार देखाएर दर्जनौंको हत्या गराएको थियो। त्यसको विश्व जगतबाट विरोध भएको थियो। काश्मिरी जनता त्यसखालका आतंकवादको विरोधमा उत्रिएका थिए।
सन् २०१८ मा भारतले संविधानबाट काश्मीर प्रदेशबाट आर्टिकल ३७० हटाएपछि धेरै विकास भएको पाइन्छ। त्यहाँ पुग्ने जो कोहीले पनि विकासको परिवर्तन भएको देख्न सक्छन। पहिलो कुरा राजनीतिक क्षेत्रमा जनमुखी परिवर्तन आएको छ ।
सबै निकायमा निर्वाध निर्वाचन सम्पन्न भएका छन् । पहिले मतदानमा भाग नलिने महिला र युवा अहिले उत्साहसाथ सहभागिता जनाउदै छन् ।
शिक्षाको क्षेत्रमा भारतले लगानी बढाउँदै लगेको छ र पढ्नेहरुको संख्या बढ्दै गएको छ । महिला सशक्तिकरणमा उल्लेखनीय सुधार आएको छ । सडक, रेल, सुरूङमार्ग, पुलहरु बनाउने काम तीव्ररुपमा भएका छन । विमानस्थल नयाँ(नयाँ बनेका छन् र अस्पतालको संख्यामा तीव्र वृद्धि भएको छ ।
पर्यटनको क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको छ । विमान सेवा, रेल र स्तरीय सडकले गर्दा पर्यटकहरुको आगमन बढेको पाइन्छ । सन् २०२४ मा युनेस्कोले श्रीनगरलाई ‘क्राफ्ट सिटी’ को मान्यता दिएको थियो ।
सन २०१९ मा दैनिक ३५ वटा उडान हुने श्रीनगरमा अहिले दैनिक १२५ उडान भइरहेका छन । त्यहाँ आतंकवादी क्रियाकलाप नियन्त्रण हुँदै गएको छ र जनताले सुरक्षाको अनुभव गर्न पाएका छन् ।
अहिले भारतको केन्द्र सरकारले स्वास्थ्य सुरक्षा, पूर्वाधार विकास र ग्रामीण विकासमा पर्याप्त लगानी बढाएको अवस्था छ । काश्मीरीहरुको अहिले काश्मीर राम्रो भूमि सावित भएको छ । यसरी आर्टिकल ३७० हटाएपछिको सात वर्षमा काश्मीरको तस्वीर उज्यालोमा परिणत भएको देखिन्छ ।

























