stcnepal long ad
global ime bank long

आम्दानी खुम्चिएपछि आरएसडीसी लुघवित्तको नाफा घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २७.१९ प्रतिशतले घटेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत असार मसान्तसम्म घटेर १० करोड ३१ लाख रुपैयाँमा झरेको हो।

अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी २८ करोड ९८ लाख रुपैयाँ रहेकोमा गत वर्ष २२.५२ प्रतिशतले घटेर २२ करोड ४५ लाख रुपैयाँमा झरेको छ।

त्यसैगरी कम्पनीको खुद सञ्चालन आम्दानी पनि ३१ करोड १८ लाख रुपैयाँबाट ३४.७० प्रतिशतले घटेर २० करोड ३६ लाख रुपैयाँमा झरेको छ। यसरी कम्पनीको आम्दानी खुम्चिएसँगै खुद नाफामा प्रभाव परेको हो।

कम्पनीको सञ्चालन नाफा पनि २५ करोड १४ लाख रुपैयाँबाट ४०.३९ प्रतिशतले घटेर १४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। योसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५.०१ रुपैयाँबाट घटेर ९.९८ रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १८ करोड २९ लाख रुपैयाँ र लाभांश क्षमता (वितरण योग्य नाफा) ८ करोड ५४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको खराब कर्जा ३.३१ प्रतिशतबाट सामान्य बढेर ३.३४ प्रतिशत पुगेको छ, प्रतिशेयर नेटवर्थ १२५.९५ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari