stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् ९जीसीसी० का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने तयारी गर्नुभएको छ ।

यही ‘मे’ महिनामा ट्रम्पले खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ ।

‘मे’ १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स पुग्ने बीबीसीले जनाएको छ ।

यो भ्रमण उहाँको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् ।

बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको छ । यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग साढे ३ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ ।

राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आउनुभएको छ । साउदी अरबले हालैका वर्षहरूमा रसिया–युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको छ ।

prabhu mahalaxmi
kumari