sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आशा लघुवित्त वित्तीय संस्थाको ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ६८.९५ प्रतिशत धेरै हो । गत वर्ष यसले ३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो । यसले चैतसम्म ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ६०.६७ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा आशाले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ७५.९८ प्रतिशतले बढेर ९ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ५ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

हाल यस संस्थाको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ३४ करोड २७ लाख रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी ११ रुपैयाँ ९३ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १५३.३८ रुपैयाँ देखिएको छ ।

gold
prabhu bank
nawakantipur long