citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आज तीन इजरायली बन्धक रिहा हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौता अनुसार आज चौथो बन्धक–कैदी आदान–प्रदान हुनेभएको छ ।

आज रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि सो बारेमा विस्तृत जानकारी दिइने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन् ।” आज सार्वजनिक गरिने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ ।

गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

gold
himalayan life insurance long ad
kumari bank