stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौंं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

शृङ्खलामा अस्ति भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो ।

त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र नेपालबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

prabhu mahalaxmi
kumari