citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

वासिङटन विमान दुर्घटना अपडेटः ४० जनाको शव प्राप्त, बाँकी जीवित नरहेको आशंका

kumari bank
Prabhu Insurance Long Ad
global bank

वासिङटन । अमेरिकाको वासिङ्टन डिसीमा हिजो मध्य आकासमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार कोही पनि जीवित रहने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।

हालसम्म ४० जनाको शव पोटोम्याक नदीबाट निकालिएको छ । विमानमा चालक दलका सदस्य सहित ६४ जना यात्रु र हेलिकप्टरमा ३ जना सवार रहेका थिए । अधिकारीहरुका अनुसार विमान र हेलिकप्टरमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । विमानको फ्लाइट डाटा रेकर्डर ब्लाक बक्स भर्खरै फेला परेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अनुमान गरिएको छ ।

नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । बोर्डले एक महिनामा प्रारम्भिक प्रतिवेदन बुझाउनेछ । विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको थियो ।

अत्यधिक चिसोका कारण खोज तथा उद्दारमा समेत कठिनाइ भइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाले आफ्नो मुटु नै चकनाचुर भएको भन्दै शोक व्यक्त गर्नुभएको छ । साथै दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग भेट गर्ने बताउनु भएको छ ।

gold
himalayan life insurance long ad