stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपालभरि कुल ८६ स्थानमा एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तार

थप १०० स्थानमा चाँडै सञ्चालन हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको कम्पनीको भनाइ छ ।

निकट भविष्यमा थप १०० चार्जिङ स्टेसनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको बताएको छ।

एक विज्ञप्ति मार्फत भनिएको छ – सीसीएस२–कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम हो।

यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लू वृद्धिको दृष्टिकोणलाई सघाउँछ र व्यक्ति एवम् व्यवसायहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो पनि बनाउँछ।

कुशल चार्जिङ सुविधाहरूको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवद्र्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्दछ।

एमएडब्लू वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ। बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध भएको बताइएको छ।

फोटोन नेपाल सञ्चालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो जसले सन् २०१४ देखि नेपालभरि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ।

व्यावसायिक र विद्युतीय सवारी साधनहरूमा विशेषज्ञता हासिल गर्दै एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै भरपर्दो स्टक, सजिलै उपलब्ध पार्टपुर्जा र गुणस्तरीय सेवा सुनिश्चित गर्दछ।

prabhu mahalaxmi
kumari bank
kumari