citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बङ्गलादेशद्वारा शेख हसिनाको पासपोर्ट रद्द

kumari bank
Prabhu Insurance Long Ad
global bank

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ । मंगलबार बङ्गलादेशले हसिनाको पासपोर्ट रद्द गरेको हो ।

सन् २०२४ को जुलाई–अगस्ट अवधिमा सरकारी जागिरमा कोटाको व्यवस्थाविरुद्ध भएको विद्यार्थी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको मामिलामा हसिना र सम्बद्ध अरू ९६ जनाको पासपोर्ट खारेज गरिएको छ ।

पासपोर्ट विभागले जबरजस्ती बेपत्ता पारिएको मामिलामा संलग्न २२ जनाको पासपोर्ट रद्द गरेको छ ।शेख हसिना समेत  अरू ७५ जनाको पासपोर्ट भने जुलाईमा  भएको हत्या मामिलामा रद्द गरिएको हो । अधिकारीहरूले हसिना बाहेक अरू ९६ जनाको नाम भने सार्वजनिक गरेका छैनन् ।

अगस्ट ५ मा उनी भागेर भारत पुगेकी थिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (आईसीटी) ले मंगलबार मात्रै हसिना र उनको मन्त्रीमन्डलका कयौँ पूर्व मन्त्री, सल्लाहकार र सैन्य एवम् नागरिक अधिकारीहरू विरुद्ध मानवता र नरसंहारको अपराधमा पक्राउ पुर्जी जारी गरेको थियो ।

gold
himalayan life insurance long ad