stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम

नयाँ कार्यसमिति चयन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको छ ।

श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।

मधेशी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय, अर्का सहअध्यक्षमा राम साह चयन गरिएका छन् ।

यस्तै एकता समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरिएको छ ।

त्यस अवसरमा एकता समाजका संस्थापक डाक्टर रविन्द्र कुमार यादव र अफजल हुसैन (गुलजार)लाई मधेशी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरिएको थियो ।

त्यस्तै, व्यवसायीहरु कविन्द्र यादव, बिनेश यादव र गणेश पुर्बे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्यहरू मुकेश झा र तनवीर आलमलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । यस्तै, निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल नेतृत्वका लागि धन्यवाद दिइएको थियो ।

आफ्नो मन्तव्य राख्दै संस्थापक डाक्टर रविन्द्र यादवले मधेशी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेशी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गगर्नुभयो ।

डाक्टर यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।

उहाँले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्‍याउन जोड दिनुभयो ।

मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ र यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari