citizens life insurance long ad
stcnepal long ad
national life

हमासद्वारा इजरायलको प्रस्तावित नयाँ सर्त अस्वीकार

Prabhu Insurance Long Ad

इजरायल । हमासले दोहामा भएको वार्तामा इजरायलको प्रस्ताव अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो ।

इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्ण युद्धविरामका साथै कुनै पनि अवरोधविना कैदीहरूको फिर्ताको माग गरेको थियो ।

इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरूको रिहाइका लागि वार्ता महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकूहरूले २५१ जनालाई कब्जामा लिएका थिए ।

यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ ।

इजरायलको सेनाले गाजामा कम्तीमा ४० हजार पाँच जना मानिस मारेको जनाइएको छ । जसमा सैनिक र नागरिक कति मारिए भन्ने खुलाइएको छैन ।

himalayan life insurance
igi long