stcnepal long ad
ime life insurance
global ime bank long

मङ्गोलियाकी एक महिलाले उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

उलान बाटोर । मङ्गोलियाकी एक महिलाले शुक्रबार बिहान उडिरहेको विमान भित्र दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

जन्मिएका ती बच्चाहरू बालिका हुन् भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुवै बच्चाहरूलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मङ्गोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरू चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।

ती महिलासँगै मङ्गोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मङ्गोलियाको यात्रामा रहेका थिए ।

रासस / सिन्ह्वा

prabhu mahalaxmi
kumari