citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

विमान दुर्घटनामा अपोलो–८ अन्तरिक्षयात्री एन्डर्सको मृत्यु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

वासिङटन डीसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिचेका पूर्वअमेरिकी अन्तरिक्षयात्री विलियम एन्डर्सको ९० वर्षको उमेरमा शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

एन्डर्सले सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङटन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए ।

सन् १९६८ डिसेम्बरमा अपोलो–८ मिसनका सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए ।

चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए ।

‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविको राउन्डअपमा सूचीबद्ध गरिएको छ । र, लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’को सूचीमा समावेश गरिएको थियो ।

“सन् १९६८ मा अपोलो–८ को समयमा विलियम एन्डर्सले मानवतालाई अन्तरिक्षयात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,” नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत भने ।

१९३३ अक्टोबर १७ मा हङकङमा जन्मिएका एन्डर्सले अन्तरिक्षयात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि सम्बन्धित सरकारी पदहरू सम्हालेका थिए ।

उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने । त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतका रूपमा पनि सेवा गरेका थिए । रासस/एएफपी

himalayan life insurance
igi long