citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

अमेरिकाद्वारा इजरायली सैनिकमाथि प्रतिबन्ध

kumari bank
Prabhu Insurance Long Ad
global bank

तेलअहिव। अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ।

अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन्। साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्।

प्रधानमन्त्री नेतान्याहुले भने, ‘अमेरिकाको यो निर्णय बेतुक छ, यो गर्नु हुँदैनथ्यो। मैले नेतृत्व गरिरहेको सरकारले यी कदमहरू विरुद्ध हरसम्भव रूपमा कारबाही गर्नेछ।’

यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनी विरुद्ध मानवअधिकार उल्लंघनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय पनि गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन्। यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि प्रतिबन्ध लगाइने छ।

‘हाम्रा सिपाहीहरू आतंककारी राक्षसहरूसँग लडिरहेका छन्, उनीहरूले उल्टै हामीलाई प्रतिबन्ध लगाएका छन्,’ बेन्जामिन नेतान्याहुले भने, ‘अमेरिकाबाट यो अपेक्षा थिएन, हाम्रा सैनिकहरू आतंकवादी राक्षससँग लडिरहेका बेला यस्तो अवस्थामा पनि प्रतिबन्ध लगाइँदैछ। प्रतिबन्ध लगाउने मनसाय बेतुक छ।’

यसै क्रममा इजरायली मन्त्री इटामार बेन ग्वीर र बेजलेल स्मोट्रिचले पनि अमेरिकाको निर्णयको कडा आलोचना गरेका छन्। ग्वीरले भने, ‘हाम्रा सैनिकमाथि प्रतिबन्ध लगाउनु खतराको संकेत हो।

इजरायल आफ्नो अस्तित्वको लागि लडिरहेको बेला बटालियनहरूमा प्रतिबन्ध स्वीकृत गर्ने कदम पूर्ण पागलपन हो। यो कदम अत्यन्त गम्भीर छ र नेत्जाह येहुदा सदस्यहरूलाई सुरक्षित गरिनुपर्छ।’ उनले रक्षा मन्त्री योभ ग्यालान्टलाई अमेरिकी आदेशको अगाडि नझुक्न पनि आग्रह गरेका छन्।

इरान(इजरायल युद्धपछि अमेरिकाले इजरायललाई आक्रमण नगर्न निरन्तर दबाब दिइरहेको छ । यसैबीच इरानमा हवाई आक्रमणको खबर पनि बाहिर आएको छ । अहिले अमेरिकाको यो कदमबाट धेरै अर्थ निकालिएको छ।

gold
himalayan life insurance long ad