citizens life insurance long ad
stcnepal long ad
national life

सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने

आजै बोलकबोल

Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले करिब साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

जसमध्ये २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । मंगलबार (वैशाख ११ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार वैशाख १० गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ८ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

यो ट्रेजरी साउन ८ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी कात्तिक ६ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

himalayan life insurance
igi long