stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सम्बन्धविच्छेदका मुद्दामा बाल संरक्षणलाई जोड दिन चीनको सर्वोच्च अदालतको निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

चीनको सर्वोच्च अदालतले देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ ।

न्यायाधीशले सम्बन्धविच्छेद गर्ने आमाबाबुलाई आफ्ना छोराछोरीप्रतिको कानुनी दायित्वहरू सम्झाउन र उनीहरूलाई सम्बन्धित कानुनको उल्लङ्घनका परिणामहरूबारे चेतावनी दिन आवश्यक रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धविच्छेद गर्ने आमाबाबुले बालबालिकालाई जबरजस्ती कब्जा गर्ने वा लुकाउने तथा उनीहरूको पालनपोषण नगर्नेजस्ता कामहरूबारे कडाइका साथ सुनुवाइ गर्ने चिनियाँ सर्वोच्च अदालतले भनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय अदालतहरूलाई सम्बन्धविच्छेद मुद्दाको प्रत्येक चरणमा बाल सुरक्षालाई संरक्षण गर्न विभिन्न सञ्चारमाध्यम प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।

prabhu mahalaxmi
kumari