सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा
सेयरधनीलाई लाभांश प्रस्ताव
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा बस्दैछ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण प्रयोजनका लागि शुक्रबार वैशाख ७ गते बुक क्लोज तोकेको हो ।
तसर्थ, बिहीबार वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
इन्स्योरेन्स कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।