अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले
वासिङ्टन । अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् । अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् ।
वरिष्ठ अमेरिकी अधिकारीले दिएको जनाकारीअनुसार तटीय क्षेत्रमा महिनौंदेखि जारी युद्धपछि बढ्दो मानवीय सङ्कटको सामना गरिरहेका बेला सो सहायता पुर्याइएको हो ।
‘हामीले गाजामा संयुक्त मानवीय सहायता हवाई ड्रप सञ्चालन गरेका छौं । जसमा द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई राहत प्रदान गर्न अमेरिकी वायुसेनाको तीनवटा सी–१३० समावेश छ,’ अमेरिकी केन्द्रीय कमाण्डका एक जना अधिकारीले नाम नखुलाउने शर्तमा एएफपीलाई बताएका छन् ।