stcnepal long ad
himalayan life insurance long ad

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

Nimb long ad
Prabhu Insurance Long Ad

कोलम्बो । श्रीलङ्काको डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको छ । मोबाइल फोनको पहुँच १५० प्रतिशतभन्दा बढी छ भने इन्टरनेटको प्रयोग ५२ प्रतिशतमा पुगेको छ।

कोलम्बोमा आयोजित सम्मेलनमा बोल्दै प्रविधि राज्य मन्त्री कनका हेरथले डिजिटल मार्केटिङलाई सशक्त बनाउन आग्रह गरेका छन् ।

उनले सरकारको डिजिकोन – २०२३० योजनालाई मूर्तरूप दिँदै देशको डिजिटल अर्थतन्त्रलाई ४.३ बिलियन डलरबाट सन् २०३० सम्ममा १५ बिलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।