macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसियाको जित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् । गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई र इरानले हङकङलाई हरायो । इन्डोनेसियाले भियतनामलाई १–० गोलले हराएको हो ।

उसका अस्नावी बाहरले खेलको ४२औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक भयो । समूह ‘डी’ मा इन्डोनेसिया र जापानको २ खेलमा ३ अङ्क तथा इराकको २ खेलमा ६ अङ्क छ । इराकले पहिलो खेलमा इन्डोनेसियालाई हराएको थियो । भियतनाम अङ्क विहीन छ ।

जापान समूह चरणको दोस्रो खेलमा इराकसँग पराजित भएको छ । हिजो भएको पहिलो खेलमा जापानलाई इराकले २–१ गोलले हरायो ।

इराकका अइमान हुसेनले खेलको पहिलो हाफमा दुई गोल गरे । दोस्रो हाफको अन्तिम समयमा जापानका वातारु एन्डोले एक गोल फर्काए । त्यस्तै समूह ‘सी’ मा इरानले हङकङलाई १–० गोलले हरायो । इरानको २ खेलमा ६ अङ्क भएको छ ।

himalayan life insurance
igi long
NTA long ad