stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ ।

प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र अहिलेसम्मको परिणामको आधारमा अवामी लिगको सरकार बन्ने निश्चित भएको बताएका छन् । उनका अनुसार चुनावको अन्तिम परिणाम घोषणा हुन भने केही समय लाग्ने छ ।

शेख हसिनाले गोपालगञ्ज(३ बाट शानदार जित हासिल गरेकी छन् । उनले २ लाख ४९ हजार ९६५ भोट पाएकी छन् ।

उनको निकटतम प्रतिस्पर्धी बंगलादेश सुप्रिम पार्टीका एम निजाम उद्दीनले ४६९ भोट मात्र पाएका छन् । शेख हसिनाले गोपालगञ्जबाट सन् १९८६ देखि आठ पटकसम्म चुनाव जित्दै आएकी छन् ।

बंगलादेशको सत्तामा शेख हसिना सन् २००९ देखि नै छिन् । उनले यसपटक प्रमुख प्रतिपक्षी दल बीएनपीले बहिस्कार गरेपछि उनको पार्टी अवामी लिगएकलौटी जित हात पारेको छ । प्रधानमन्त्रीको रुपमा उनको यो अहिलेसम्मको पाँचौ कार्यकाल हुने छ ।

prabhu mahalaxmi
kumari