stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सका व्यावसायिक लक्ष्य हासिल गर्ने १६ जना उत्कृष्ट कर्मचारी सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना व्यावसायिक लक्ष्य हासिल गर्न सफल १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ ।

ललितपुरको पुल्चोक स्थित एक होटलमा एक कार्यक्रमको आयोजना गरी उक्त कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो ।

समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अधिकांश आर्थिक सुचांङ्कहरु प्रगति उन्मुख रहेका छन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई संधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउँदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य दिइएकी थिइन् भने कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अझ बढि योगदान प्राप्त हुने अपेक्षा रहेको बताए ।

समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमबाट आफूहरु अझ उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए ।

prabhu mahalaxmi
kumari