macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल विज्ञापन संघ (आन) मा नयाँ नेतृत्व, अध्यक्षमा थापा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) को २४औं वार्षिक साधारणसभाले सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघका पदाधिकारी तथा सदस्यले आइतबार शपथ गरिसकेका छन् ।

पदाधिकारीमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी निर्विरोध र सदस्य सात जना निर्वाचत भएको आनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तीनवर्षे कार्यकाल रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी सदस्यहरूमा अरुणकाजी स्थापित, रोशन रेग्मी आरसी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल निर्वाचित भएको विज्ञप्तिमा उल्लेख छ । संघको निर्वाचनमा सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको बताइएको छ ।

himalayan life insurance
igi long
NTA long ad