stcnepal long ad
Himalayan bank

श्रीलङ्कामा वर्षाका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

कोलम्बो । श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २७१ परिवारका ७ हजार ६१ जना प्रभावित भएका छन् ।

पानीको सतह बढ्दै गएपछि नदी आसपासका तल्लो भागमा बाढी आउने खतरा रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक सुदन्थ रणसिङ्घेले शनिवार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा सम्भावित जोखीम बढे प्रभावित क्षेत्रका मानिहरूलाई सुरक्षित क्षेत्रतर्फ लगिने छ।

यसैबीच, श्रीलङ्काको मौसम विज्ञान विभागले शनिबार साँझ पश्चिमी, सबरागामुवा, दक्षिणी, उत्तर–पश्चिमी र पूर्वी प्रान्तहरूमा भारी वर्षा जारी रहने र १०० मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

himalayan life insurance
igi long