macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कतिमा झर्यो ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् । प्रभु र सानिमाले भने मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत भएको छ । मंसिरमा ९.६१ प्रतिशत रहेको छ ।

औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटको छ । तथ्यांक अनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै १० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, एभरेष्टले भने सबैभन्दा कम ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

himalayan life insurance
igi long
NTA long ad