citizens life insurance long ad
stcnepal long ad

रोयल इन्फिल्डको नयाँ इलेक्ट्रिक स्क्र्याम्बलर फ्लाइङ फ्ली एस६ सार्वजनिक, २०२७ मा लन्च हुने

Nimb long ad
Prabhu Insurance Long Ad

रोयल इन्फिल्डको नयाँ आफ्नो इलेक्ट्रिक ब्रान्ड फ्लाइङ फ्लीले नयाँ इलेक्ट्रिक स्क्र्याम्बलर मोटरसाइकल फ्लाइङ फ्ली एस६ सार्वजनिक गरेको छ। अफरोड राइडिङका लागि तयार गरिएको सो नयाँ इलेक्ट्रिक मोटरसाइकल सन् २०२७ मा भारतीय तथा अन्तर्राष्ट्रिय बजारमा लन्च गर्नेछ ।

कम्पनीको पहिलो इलेक्ट्रिक मोडल फ्लाइङ फ्ली सी६ कै लाइटवेट प्लेटफर्ममा आधारित छ । सो बाइक विशेषगरी कच्ची सडक, उबडखाबड बाटो र अफरोड यात्राका लागि विकास गरिएको हो। यसको डिजाइन परम्परागत स्क्र्याम्बलर र एन्डुरो मोटरसाइकलबाट प्रभावित देखिन्छ। सो मोटरसाइकल २ आकर्षक रङ विकल्पमा उपलब्ध हुनेछ।

बाइकको फ्रन्टमा ठूलो र पछाडी सानो ब्लक प्याटर्नका टायर वायर स्पोक ह्विल प्रयोग गरिएको छ। बाइकको फ्रन्टमा गोल्ड फिनिस्ड अपसाइड डाउन सस्पेन्सन फोर्क र हाई माउन्टेड पहेँलो मडगार्ड दिइएको छ । साथै यसमा फ्ल्याट एन्डुरो शैलीको सिट दिइएको छ।

ब्याट्री र मोटर वरिपरिको नीलो फ्रेमसमेत बाहिरबाट देखिने गरी डिजाइन गरिएको छ। मोटरसाइकलको मध्यभागमा ठूलो रिब्ड डिजाइनको ब्याट्री केस राखिएको छ भने इलेक्ट्रिक मोटर च्यासिसको तल्लो भागमा जडान गरिएको छ। यसमा पावर ट्रान्सफरका लागि चेन ड्राइभ सिस्टम प्रयोग गरिएको छ।

फ्लाइङ फ्ली एस६ मा ह्यान्डलबारको माथिल्लो भागमा गोलाकार कलर टचस्क्रिन डिस्प्ले उपलब्ध दिइएको छ । यसमा कम्पनीको आफ्नै फ्लीवेर डट ओएस अपरेटिङ सिस्टममा आधारित अपरेटिङ सिस्टम स्पिड, ब्याट्री चार्ज, रिमेनिङ रेन्ज र  आवश्यक राइडिङ देखाउने  सिस्टम जडान गरिएको छ । यसमा सामान्य राइडिङ मोडका साथै विशेष अफरोड मोडसमेत उपलब्ध हुनेछ। यसमा विभिन्न इलेक्ट्रोनिक राइडर असिस्ट र सेफ्टी फिचर पनि उपलब्ध हुनेछ।

IME Life
kumari