stcnepal long ad
global ime bank long

टर्कीमा सात महिनामा ३ करोड ३४ लाख पर्यटक पुगे, अघिल्लो वर्षकोभन्दा झण्डै १४ प्रतिशत वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९५ प्रतिशतले धेरै हो ।

टर्कीमा पर्यटकीय क्षेत्र आर्थिक केन्द्रका रुपमा रहेको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा टर्कीमा पाँच करोड १४ लाख पर्यटक पुगेका थिए । यस वर्ष अब पर्यटकीय सिजन शुरु भएकोले यो सङ्ख्यामा राम्रो सुधार हुने अपेक्षा रहेको टर्कीले जनाएको छ ।

कोरोना महामारीबाट प्रभावित भएको टर्कीको पर्यटन व्यवसाय लयमा फर्किसकेको छ । टर्कीमा सबैभन्दा धेरै रुस, जर्मनी र बेलायतका नागरिकहरु घुम्न जाने गरेका छन् ।

IME Lifesidebar
kumari