stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको दोस्रो कार्यकालका लागि प्रदिप जंग पाण्डेलाई अध्यक्षमा नियुक्त

बीमा समितिका अध्यक्ष सिलवालबाट लिए सपथ ग्रहण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अध्यक्ष प्रदिप जंग पाण्डेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले पाण्डेलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले नियुक्ति गरे लगत्तै पाण्डेले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष सिलवालले आज उनलाई सपथ ग्रहण गराएका हुन् । नेपालको व्यवसायिक क्षेत्रमा ३५ वर्ष भन्दा लामो अनुभव हासिल गरिसकेका पाण्डे हाल लोमस फर्मसिटिलकका प्रवन्ध सञ्चालक हुन् ।

यस बाहेक उनि लोमस प्यारेन्टियल एण्ड फर्मुलेसनका अध्यक्ष, कसमस सिमेन्टक र इस्ट्रन कसमस सिमेन्टका संस्थापक शेयरधनी हुन् ।

पाण्डेले सिटिजन बैंक र शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्ष पद पनि सम्हालिसकेका छन् । एफएनसिसिआईका पुर्व अध्यक्ष पाण्डेले विभिन्न व्यवसायिक संस्थामा सहभागिता जनाइसकेका छन् ।

IME Lifesidebar
kumari