stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल बैंकका ग्राहकले एनसेलको सिम प्रयोग गरी एप चलाउँदा डाटा निःशुल्क पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक डाटा शुल्क नलाग्ने भएको छ । मंगलबार बैंक र एनसेल एक्सीयाटाबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको हो ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुविधा प्रदान गरिसकेको छ ।

अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

नेपाल बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

prabhu mahalaxmi
kumari