नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर घोषणा
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
पुनर्बिमा कम्पनीले हाल कायम ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले यसअघि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि लगानीकर्तालाई १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
























