citizens life insurance long ad
stcnepal long ad

माग पूरा नभएसम्म आन्दोलन नरोकिने, आज लगानीकर्ताहरुले राष्ट्र बैंकमा धर्ना दिंदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुँजी बजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले  नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गर्ने भएका छन् । गत जेठ २३ गतेदेखि १९ बुँदे माग सहित निरन्तर आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले आज आइतबार राष्ट्र बैंक अगाडि प्रदर्शन गर्ने भएका हुन् ।

आज नक्साल भाटभटेनी नजिक गहनापोखरीमा साढे १२ बजे लगानीकर्ता भेला भएर १ बजे र्यालीसहित राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले बताए । र्याली गहनापोखरीबाट १ बजे सुरु हुनेछ ।

 

लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला असार १ गतेदेखि धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसिरहेका छन् । उनको स्वस्थ्य अवस्था थप कमजोर बन्दै गएको छ। तर अहिलेसम्म सरकार र नियामक निकायले माग पूरा गर्ने तत्परता देखाएका छैनन् ।

IME Life
kumari