stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथा इन्स्योरेन्सको शेयर मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

सेयर समायोजनपछिको मूल्य १ हजार ७९ रुपैयाँ १७ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले वैशाख २८ गते बस्ने वार्षिक साधारण सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राख्दैछ ।

सगरमाथाले हाल कायम १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।

सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा वैशाख २८ गते बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीको चुक्ता पुँजी तथा अधिकृत पुँजी बढोत्तरी गर्नको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

prabhu mahalaxmi
kumari